कञ्चनपुरबाट ४ लाख बढी मूल्यको भन्सार छलीका सामान बरामद

कञ्चनपुर, कार्तिक २९ । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले चार लाख रुपैयाँ बढी मूल्यको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरु तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बुधबार भिमदत्त नगरपालिका ५ सुकासाल, वडा नम्बर १० भन्सार कार्यालय नजिक र वडा नम्बर ११ चौकीसत्ताबाट भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी चार लाख १३ हजार ४२७ रुपैयाँ सामान बरामद गरेको हो ।

प्रहरीले यी स्थानहरुबाट प्याज, चिनी, मिश्री, खानेतेल, मिठाई, चना, धनिया, बेशन, सुटपिस, ब्लाङ्केट, पाईप, सकेट, हार्डवेयर, किराना लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया