कञ्चनपुर, मंसिर २ । कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज पक्कीपुलस्थित सडकबाट ५ ग्राम ८ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित भीमदत्त नगरपालिका–१८ भगतपुरका २५ वर्षीय प्रतिक कुँवर पक्राउ परेका हुन्।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले सुदूरपश्चिम प्रदेश ०२–००३ प ४६६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ।