कञ्चनपुरबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

कञ्चनपुर,कार्तिक २७ । कञ्चनपुरको भिमदत्त नगरपालिका १८ कटानबाट लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ३ सय ४० मिलिग्राम खैरो हेरोइनसहित कटानस्थित सडकबाट सोही ठाउँ बस्ने ३१ वर्षीय
घनश्याम उराउ, सोही नगरपालिका १९ बागफाँटा बस्ने १८ वर्षीया किशोरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

साथै प्रहरीले भिमदत्त नगरपालिका १८ कटानमा डेरा गरी बस्ने १८ वर्षीया किशोरी समेत तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि
नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया