कञ्चनपुर, मंसिर ५ । कञ्चनपुरबाट भरुवा बन्दुकसहित विभिन्न हातहतियार बोकेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त टोलीले भिमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट भिमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेमबहादुर धामीलाई हातहतियारसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट दुई भरूवा बन्दुक, बारूद दुई प्याकेट, खुकुरी दुई थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थान बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।