कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर, मंसिर २४ । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भीमदत्त नगरपालिका–५ सुकासाल र भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ९३ हजार ६२५ बराबरको सामान बरामद गरिएको हो ।

प्रहरीले चिनी, मिश्री, नरिवल, बिजुलीका सामान, हाडवेयर, किराना लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया