कञ्चनपुर, कार्तिक २६ । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
प्रहरीले भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र जिमुवा जाने बाटो र भीमदत्त नगरपालिका–१७ मझगाउ चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९९ हजार २६० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले चिनी, मिश्री, चप्पल, जुत्ता, साईकलका सामान, हाडबेयरका सामान, किराना लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।