१६ असार, कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–९ जमुनाडी, भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक र बेलौरी नगरपालिका–१० पिएमघाट बाट अवैध रुपमाल भारतबाट भन्सार छलि गरि ल्याएका करिब ७० हजार ९ सय नब्बे मूल्य बराबरको सामान बरामद गरिएको हाे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले चिनी, पेय पदार्थ,बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा,लगायतका सामानहरु नियन्त्रणमा लिएको हो।