कञ्चनपुरबाट जुवातास खेलिरहेका १२ जना पक्राउ

काठमाडौं, कार्तिक १४ । कञ्चनपुरको भिमदत्त नगरपालिका ५ बनगाउँबाट जुवातास खेलिरहेका १२ जना पक्राउ परेका छन् ।

स्थानीय ३२ वर्षीय भिम घटालको घरमा जुवातास खेलिरहेको अवस्थामा भिमसमेत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ३ सय २२ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया