कञ्चनपुर, कार्तिक २६ । कञ्चनपुरको दाधारा चाँदनीबाट गाँजासहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीबाट सोही ठाउँ बस्ने ६२ वर्षीय लक्ष्मण धामी गाँजासहित पक्राउ परेका हुन्।
प्रहरीले उनको साथबाट ४२५ ग्राम गाँजा बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।