कञ्चनपुरको लालझाडीमा अबैध औषधि सहित मेडिकल सञ्चालनलाई पक्राउ

६असोज,धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिका(६ चानदेवमा सञ्चालित जनता मेडिकलबाट प्रहरीले अबैध औषधि सहित मेडिकल सञ्चालनलाई पक्राउ गरेको छ । शुक्रबार ४ गते बेलुका अबैध औषधि सहित मेडिकल सञ्चालक बेलौरी(९ कुण्डाका बर्ष ४३ का सुनिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सो मेडिकलमा अबैध औषधि वेचविखन हुन्छ, भन्ने गोप्य सुचनाका आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलि र ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायव निरिक्षक प्रकाश दत्त जोशीको कमाण्ड खटिएको प्रहरी टोलिले सो मेडिकलमा खानतलासि गर्दा बेचविखन गर्न नमिल्ने अबैध १९ प्रकारका औषधि सहित सञ्चालक चौधरीलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरीप्रसाद जैशीले बताउनु भयो ।
उनले भने “बरामद औषधि र मानिसलाई आवश्यक कार्वाहिका लागि औषधि विभाग व्यवस्था कार्यालय नेपालगन्ज बाँके पठाएको छौ ।”
सो मेडिकलले बेच्न नमिल्ने अबैध औषधि खुवाउने र चर्को शुल्क लिने गरेको स्थानियहरू बताउछन् । एक जना स्थानियले नाम नखोल्ने सर्तमा भने “हाई डोजको औषधि खुवाएर विरामिलाई राम्रो हुन्छ भन्ने विश्वासमा समेत पार्ने गरेकाले बेला बेलामा थुप्रै घटना हुने गरेका र ती घटना गोप्य रूपमा गाउमै मिलाउदै आएको बताउनु भयो ।”
कञ्चनपुर प्रहरीले यस अघि जिल्लाको भिमदत्त नगरपालिकामा सञ्चालित विभिन्न स्थानका मेडिकलमा छापामारी अबैध रूपमा सञ्चालित मेडिकलमा राखिएका औषधि र सञ्चालकलाई पक्राउ गरी कार्वाहिका लागि मुद्वानै चलाएको थियो ।

तपाईको प्रतिक्रिया