कञ्चनपुरको लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट ठेकेदार सहितका ४ जनाविरुद्ध उजुरी

१३ मंसिर,धनगढी । कञ्चनपुरको लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट भएको छ । उनीमाथि निर्माण व्यवसायी समेत रहेका भीम रानाको समूहले कुटपिट गरेको हो । कन्दकला कन्स्ट्रक्सनले गत आर्थिक वर्षमा लिएको सडक निर्माणको ठेक्का साइट निरीक्षणका क्रममा इन्जिनियर अवस्थीमाथि कुटपिट भएको बताइएको छ ।

ठेकेदार रानासहितका चार जनाविरुद्ध उजुरी परेको कञ्चनपुर प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले उनीहरुलाई पक्राउको तयारी गर्दैछ ।

तपाईको प्रतिक्रिया