कञ्चनपुरको बेलौरीमा महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिईयो

९ बैशाख, कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित खप्टीमा घास काट्न गएकी महिलामाथी आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिईएको छ ।
शुक्रबार बिहान ९ : ३० बजेको समयमा बारीमा घास काट्न गएकी स्थानीय ४२ वर्षिय गंगा चन्दमाथी बाघको आक्रमणले ज्यान गएको वडा अध्यक्ष दिपराम रानाले जाकारी दिए ।
घटना भएको १५ , २० मिनेटमा स्थानीय बासिन्दाहरु घटना स्थल पुगे पछि खोजी कार्य भएको थियो । तर खोला छेउ नजिकै रहेको तथा घना जङगल भएका कारण मान्छे नभेटिएकाले आज बिहान बर्दिया राष्ट्रीय निकुञ्जबाट आएको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको अध्यक्ष रानाले जानकारी दिए ।

वडा अध्यक्षका अनुसार खप्टीनाला नजिकै झाडीमा बसेको अवस्थामा बेहोस बनाएर नियन्त्रणमा लिईएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छोड्न लगिएको छ ।

मृतकको शव पनि बाघ नियन्त्रणमा लिईएको स्थानमा नै फेला पारीएको छ । उनको शव बेलौरि प्राथमिक स्वास्थ्य चौकीमा पोस्टमाटमको लागी पठाईएको छ ।

तपाईको प्रतिक्रिया