कञ्चनपुरको बेलडाँडीमा एक महिला मृत फेला

२६ वैशाख, कञ्चनपुर : कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन । जिल्लाको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमवार मृत फेला परेकी हुन ।

आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा उनी मृत फेला परेको छिमेकी मथुरा औजीले बताए । मृतकको शव सोमवारनै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ । मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारत गएका थिए भने उनी २ छोरा र सासु आमासंगै घरमा बस्दै आएका थिईन ।

तपाईको प्रतिक्रिया