कञ्चनपुरको एक भैंसीगोठमा आगलागी हुदा ४ लाख बराबारको क्षेती

२३ जेठ, कञ्चनपुर  : कञ्चनपुरको एक भैसी गोठमा आगलागी भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–६ ढक्का चाँदरका ४५ वर्षीय ऋषिराम चौधरीको तीन कोठे भैसी गोठमा आगलागी भएको हो । मंगलबार विहान बिजुलीको तार सर्ट भएर गोठमा आगलागी हुँदा युरीया मल, गँहुको भुसा, सालको काठ लगायतका मालसामान गरी करिब चार लाख ८२ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया