कञ्चनपुरको एक घरमा आगलागी हुदाँ ५ लाखबढीको क्षेती

१३ बैशाख, कञ्चनपुर : कञ्चनपुरको एक घरमा आगलागी भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका–१ चम्फापुरका ५० वर्षीय करन बहादुर बिष्टको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया