कञ्चनपुरको एक गोदाममा आगलागी

२७ वैशाख, कञ्चनपुर : कञ्चनपुरको एक सिरक–गद्दा गोदाममा आगलागी भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–४ चमनचोकमा रहेको सिरक–गद्दा गोदाममा मंगलबार राति आगलागी भएको हो । भारत घर भएकी शारदा देवीको सिरक गद्दाको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया