ऐश्वर्य बहुमुखी क्याम्पस द्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम समपन्न

जेठ, २२ धनगढी  :  विश्व वातावरण दिवशको अवसरमा ऐश्वर्य बहुमुखी क्याम्पसको डोटेली बिद्यार्थी समुहले सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।

समृद्ध समाजको निर्माण गरौं गाँउ देखी सहर फोहोर मुक्त बनाऔं भन्ने अभियानका साथ वातावरण प्रदुषणलाई नियन्त्रण गरि पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत डोटेली विद्यार्थी समुहले आज विहानै देखी क्याम्पस परिसरमा सरसफाई तथा वृक्षारोपण गरेको हो ।

उक्त सरसफाई अभियानलाई क्याम्पसको गेट देखी धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्या भिम उद्यान पार्कको गेट सम्मको सडक वरपर भएका प्लाष्टिक लगायतको फोहलाई व्यावस्थापन गर्ने कार्यक्रम गरिएको ऐश्वर्य क्याम्पसमा अध्यनरत विद्यार्थी नवराज भट्टले बताए ।

तपाईको प्रतिक्रिया