ऐश्वर्यमा क्याम्पस अध्ययनरत प्रितीको निधन, आज शोक बिदा

३१ बैशाख, धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ ।

स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको मृत्यु भएको क्याम्पसले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको परीक्षा दिएर दिपायलबाट धनगढी फर्कने क्रममा उनी सवार मोटरसाइकल बैशाख ५ गते दुर्घटनामा  परेर गम्भीर घाइते मिश्राको उपचारको क्रममा भारतको नयाँ दिल्ली स्थित अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

क्याम्पसले प्रितीको मृत्युमा आज शाेक बिदा समेत दिएकाे छ  ।

तपाईको प्रतिक्रिया