काठमाडौं, मंसिर ५ । एमालेका युवा नेता ऐन महरबाट बलात्कारमा परेकी बताउने बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ परेकी छन्।
अदालत परिसरमा उनले विष सेवन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। महरको जाहेरीमा उनी पक्राउ परेकी हुन् । उनी माथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोप छ।
महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो।
बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने–सामुने भएकी थिइन् ।
उनलाई उपचारका निम्ति पुल्चोकस्थित अल्का अस्पताल लगिएको छ ।