एस.पी.ए  ‘कन्टेन्ट क्रिएसन कम्पीटीसन’का विजेतालाई पुरस्कार प्रदान

३१ साउन, धनगढी : सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेजले आयोजना गरेको  ‘कन्टेन्ट क्रिएसन कम्पीटीसन’ का विजेतालाई पुरस्कार प्रदान गरिएको छ । बुधवार एक कार्यक्रमका बिच विजेताहरू लाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको हो ।
कलेजको सेमिनार हलमा आयोजित उक्त कार्यक्रममा पहिलो स्थान हासिल गर्न सफल स्नेहा गुप्ता लाई नगद रु १५,०००, दोस्रो स्थान हासिल गर्न सफल दीपक भण्डारी लाई नगद रु १०,००० र तेस्रो स्थान हासिल गर्न सफल अपेक्षा उपाध्यायलाई नगद रु ५,०००  पुरस्कार सहित सबैलाई प्रमाण पत्र प्रदान गरिएको एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।
 ‘कन्टेन्ट क्रिएसन कम्पीटीसन’ मा भाग लिन पाउँदा निकै हर्षित भएको बताउँदै विजेता स्नेहा गुप्ताले आफ्नो जित कन्टेन्ट सेयर गर्ने, आफ्नो धारणा कमेन्ट मार्फत प्रस्तुत गर्ने सबै दर्शकहरू को भएको बताएकी छन् । एस.पी.ए कलेजले आफूहरूमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने प्लेटफर्म प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेकी छन् ।
यस्तै, विजेता अपेक्षा उपाध्यायले विद्यार्थीहरूलाई शिक्षा सँगै विभिन्न व्यक्तित्व विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू मा सहभागी गराउने आफूहरूको एस.पी.ए कलेज भएको बताउँदै  ‘कन्टेन्ट क्रिएसन कम्पीटीसन’ मा भाग लिन उत्प्रेरित गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
उक्त कार्यक्रममा बोल्दै कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले पहिलो एस.पी.ए  ‘कन्टेन्ट क्रिएसन कम्पीटीसन’का विजेता विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै एस.पी.ए कलेजले  ‘कन्टेन्ट क्रिएसन कम्पीटीसन’लाई आगामी दिनहरूमा निरन्तरता दिने र अझै बृहत् रूपमा आह्वान गर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया