एसिया कपको सुपर सिक्समा बङ्गलादेशको खेलमा भारतले टस जिते

२९भदा, धनगढीः एसिया कपको सुपर सिक्समा बङ्गलादेशको खेलमा भारतले टस जितेको छ ।

कोलम्बोमा टस जितेर भारतका कप्तान रोहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै बङ्गलादेशका तन्जिम हसनले पनि यही खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् ।

यो सुपर सिक्सको अन्तिम खेल हो । एसिया कपको फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टोलीको टुङ्गो लागिसकेका कारण यो खेल धेरै महत्त्वको छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया