एसपीए कलेजले सुरु गर्यो पाँच सय मिटर सरसफाई अभियान

१५ बैशाख, धनगढी : एसपीए कलेजले शुक्रबारबाट पाँच सय मिटर सरसफाई अभियान सुरु गरेको छ ।

हरेक संघसंस्था वा कार्यालयले आफ्नो वरिपरिको ५०० मिटरमात्रै सफा राखिदिने हो भने धनगढीलाई सफा सुग्घर बनाउँन सकिन्छ भन्ने उद्देश्यका साथ उक्त अभियान सुरु गरिएको हो ।

एसपीए कलेजको प्रांग्रणबाट सुरु भएको उक्त सरसफाई अभियान कार्यक्रम सन्तोषी टोलका सडक, गल्लीहरु हुँदै पुनः कलेजमा आइ टुंग्गिएको थियो ।

सरसफाई कार्यक्रममा झण्डै २०० भन्दा बढी विद्यार्थीहरु, प्राध्यापकहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सफा समुदाय, स्वाथ्य जीवन भन्ने नाराका साथ उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको ग्रीन क्लब अफ एसपीएका अध्यक्ष विद्यार्थी सुनिल भण्डारीले बताए ।

ग्रीन क्लिन धनगढीसँगको समन्वयनमा गरिएको उक्त कार्यक्रमलाई धनगढीका अरु शैक्षिक संस्था र कार्यालयहरुमा अभियानका रुपमा विस्तार गरिने ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपानेले बताए ।

हाल ग्रीन क्लिन धनगढीले विभिन्न संस्था र कार्यालयहरुमा ग्रीन क्लब गठन गरिसकेको छ । ५०० मिटर सरसफाई अभियानलाई प्रत्येक हप्ता हरेक संघसंस्थाबाट गर्ने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया