एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप ११ ले ट्रफी सहयोग गर्ने

२ असार, धनगढी  :  ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा सुदुरपश्चिम ११ स्पोर्टस क्लब जोडिएको छ ।

धनगढीको क्लबले विजेता तथा मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकलाई दिईने ट्रफी प्रायोजन गरेर साथ दिएको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सुदुरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाल र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे। सुदुरपश्चिम ११ स्पोर्टस क्लबले सुदुरपश्चिमको एक मात्रै देशकै सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको छ ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया