एसईइ परीक्षा : कृष्णपुरको कञ्चनजंगा माबिका ३० विद्यार्थीकाे नतिजा उत्कृष्ट, चेतराजले ल्याए ४ जिपिए

१४ असार , कञ्चनपुर : कञ्चनपुर कृष्णपुर नगरपालिका – ५ मा रहेको कञ्चनजंगा इंगलिस माध्यमिक विद्यालयका छात्र चेतराज विष्टले माध्यमिक शिक्षा परिक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन । कञ्चनपुर जिल्लामा ४ जिपिए ल्याउने २ जना मध्ये कंचनजंगा इंगलिस माध्यमिक विद्यालयका बिष्ट पनि रहेका छन ।

२०८० सालमा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागि कञ्चनपुरका दुई छात्रले चार जिपिए ल्याएका छन । दुवै छात्र संस्थागत(निजी विद्यालयका)का विद्यार्थी हुन । सामुदायिक सरकारी तर्फ कुनैपनि विद्यार्थीले चार जिपिए ल्याउन सकेका छैनन ।भीमददत्त नगरपालिका ३ महेन्द्रनगर स्थित ईन्टरनेशनल पब्लिक स्कुलका छात्र सोमित कार्कीले र कृष्णपुर नगरपालिका ५ गुलरिया स्थित कञ्चनजंगा ईङलिस स्कुलका अर्का छात्र चेतराज विष्टले सर्वाधिक ग्रेट प्वाईन्ट एभरेज (जिपिए) ल्याएका हुन ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइईको नतिजा अनुसार १० हजार बढि विद्यार्थीमा यि दुई विद्यार्थी कार्की र विष्ट उत्कृष्ठ भएका छन ।

कंचनजंगाबाट १०२ जना विद्यार्थीहरु एसइई परिक्षामा सहभागि भएका थिए । जसमा ६२ जना उत्तिर्ण हुन सफल भएको विद्यालयका सञ्चालक खगेन्द्र प्रसाद ओझाले जानकारी दिए ।

उनका अनुसार विद्यालयका ८ जना विद्यार्थीहरुले ए प्लस ल्याएका छन भने २३ जना विद्यार्थीहरुले ए जिपिए ल्याएका छन । यस्तै २१ जना विद्यार्थीहरुले बि प्लस र ९ जना विद्यार्थीहरुले बि जिपिए ल्याएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया