एमाले बझाङको अध्यक्षमा पुनः भण्डारी निर्वाचित

बझाङ । नेकपा एमाले बझाङको अध्यक्षमा पुनः दिलबहादुर भण्डारी निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी कलकबहादुर खड्कालाई हराउँदै भण्डारी जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले २०८ मत ल्याएर अध्यक्ष जित्दा खड्काले १५३ मत पाए । भण्डारी निर्वतमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा लालबहादुर विष्ट निर्वाचित भए । विष्टले २१७ मत ल्याएर उपाध्यक्ष जित्दा प्रयागराज जोशीले १२१ मत पाएर पराजित भए ।

सचिवमा नरनबहादुर बोहराले २०५ मत ल्याएर विजयी भएका छन् । बोहरासँग सचिवमा प्रतिस्पर्धा गरेका लोकेन्द्रबहादुर सिंहले १६९ मत पाए ।

खुला उपसचिवमा पंकज भण्डारी विजयी भए । भण्डारीले २२३ मत ल्याए भने प्रतिद्वन्दी दिनेशकुमार नेपालीले १३७ मत पाए ।

महिला उपसचिवमा राधा बिष्ट खत्री निर्वाचित भइन् । खत्रीले १६६ मत ल्याइन् भने पार्वती कुँवर भण्डारीले १०३ र जुना जाग्रीले ६९ मत पाइन् ।

 

तपाईको प्रतिक्रिया