एमालेलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

काठमाडौं, मंसिर १० । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र हुलाक र इमेलमार्फत पठाएको छ ।

यसअघि एमालेले उक्त पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाकबाट पठाएको हो ।

आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।

एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।

एमालेले कार्यक्रम सकेलगत्तै त्यस स्थानको फोहोर पार्टीका स्वयंसेवकहरूले जम्मा पारेर महानगरलाई ट्रक पठाउन आग्रह गरेको तर महानगरले ट्रक पठाउनुको साटो जरिवानाको पत्र सार्वजनिक गरेको भन्दै मेयर बालेन साहप्रति आक्रोश पोखेको छ ।

तपाईको प्रतिक्रिया