३ असार, धनगढी : एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग बढिरहेका बेला त्यसको अनावश्यक प्रयाेगलाई रोक्न सञ्सचार माध्यमलाई सरोकारवालाहरुले आग्रह गरेका छन् ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिसको सहयोगमा आइतबार धनगढीमा भएको एन्टिमाइक्रोबाइल रेसिस्टेन्स (एएमआर),काे असर नेपालमा पनि देखिएकाे छ ।
उक्त मिडिया संवेदनशीलता कार्यशालामा बोल्दै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले एन्टिबायोटिकको जथाभावी प्रयोगले अव औषधिले काम नगर्ने अवस्था आउन थालेको बताउनुभयो । त्यसमा सञ्चार माध्यामले महत्वपूर्ण भूमिका खेल्नसक्ने उहाँको भनाइ छ ।
कैलाली र कञ्चनपुरका जम्मा ५७ जना पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डा. सन्तोष दुलालले सानाठूला विमारीमा स्वास्थ्यकर्मीको सल्लाहविना नै एन्टिबायोटिकको प्रयोग गर्ने, सल्लाहमा प्रयोग गरिएको एन्टिबायोटिकको पूरा मात्रा नखाने, एन्टिबायोटिक एकभन्दा बढी मानिसले बाँडेर खानेजस्ता कारणले एन्टिबायोटिक औषधिहरु निस्प्रभावी भएर समस्या आउनेगरेको बताए ।
एन्टिबायोटिक जथाभावी प्रयोगले मानिस, पशुपन्छी, कृषि तथा वातावरणमा प्रभाव पार्ने गरेको बताइएको छ । आठ जनाको मृत्युमध्ये एक जनाको मृत्यु एन्टिबायोटिकको गलत प्रयोगले हुनेगरेको डा. दुलालले बताए । साथै २०१९ को एक अध्ययन अनुसार विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार रहेकाे तथा एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्ने जाेखिम रहेकाे तथा विश्व अर्थतन्त्रमा १०० खरब अमेरिकी डलरको भार पर्नुका साथै सन २०५० सम्म वार्षिक ३.८ % कुल ग्राहस्थ उत्पादनमा असर गर्ने देखिएको डाक्टर दुलालले बताए ।
कार्यक्रममा डा. विवेका श्रेष्ठले लैङ्गिक भूमिका, जिम्मेवारी र एन्टिमाइक्रोबाइल रेसिस्टेन्स (एएमआर) बारे प्रस्तुति दिदै उनले आफ्नै तरिकाले एन्टिबायोटिक किन्ने, पूरा मात्रामा नखाने गर्दा समस्या महिला, पुरुष सबैमा याे समस्या आउने गरेकाे बताए ।