काठमाडौं, कार्तिक ३० । नेपाल क्रिकेट संघ ९क्यान०ले पहिलोपटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग ९एनपीएल०को स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै क्यानले सिदार्थ बैंक एनपीएल भारतीय चर्चित स्पोर्ट्स च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएको हो ।
स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग ९आइपीएल० लगायतका ठुला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको पनि प्रत्यक्ष प्रशारण गर्दै आएको छ । आगामी मंसिर १५ देखि हुने एपिएलमा आठ टोली सहभागी छन् ।
एनपिएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने भएपछि एनपीएलले झनै उचाई लिने पक्का छ ।