काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।
सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरालाई जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो। तर, उक्त ओभरमा तीन विकेट गुमाउँदै अलआउट भएपछि पोखराले १४८ रन मात्रै बनाउन सक्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।
१५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखरा १९.४ ओभरमा अलआउट भयो। जितसँगै सुदूरपश्चिमले क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।