एकै दिन २३ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

२८ बैशाखफ धनगढी : नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २३०० ले बढेर  १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया