एकीकृत समाजबादीका प्रेम आलेसहितका नेताहरु एमालेमा फर्किँदै

काठमाडौं, कार्तिक ५ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद प्रेम आलेसहितका नेताहरु एमालेमै फर्किने भएका छन्

एक टेलिभिजन कार्यक्रममा बोल्दै नेता आलेले पार्टी छोडेर एमालेमा जाने निश्चित् भएको खुलासा गरेका हुन् । उनले एमालेमा फर्किने तयारी भएको पनि सुनाए ।

पछिल्लो समय एकीकृत समाजवादीमा आधा दर्जन असन्तुष्ट सांसदहरु एमालेमै फर्किनेगरि तयारीमा छन् । असन्तुष्ट सांसदहरुको नेतृत्व भने आलेले नै गरेका छन् ।

उनलाई बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि साथ दिएका छन् । आले र श्रेष्ठ नै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् ।

आलेसहितका नेताहरुको आग्रहमा नै प्रधानमन्त्री ओलीले आज/भोलिभित्रै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि गृहकार्य थालेका छन् ।

तपाईको प्रतिक्रिया