उपमहानगरपालिकाले लेखापढी गर्ने व्यक्ति हटाउन सबै वडालाई परिपत्र

९ साउन, धनगढी  :  धनगढी उपमहानगरपालिकाले लेखापढी गर्ने व्यक्ति हटाउन वडा कार्यालयहरुलाई परिपत्र गरेको छ ।

उपमहानगरपालिका भित्रका १९ वटै वडालाई सार्वजनिक परिपत्र जारी गर्दै उपमहानगरपालिकाले रकम लिएर लेखापढी गर्ने व्याक्तिलाई वडा कार्यालयमा प्रवेश गर्न नदिन निर्देशन गरेको हो ।
धनगढी उपमहानगरपालिकाका वडा कार्यालय भित्र तथा परिसरमा लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीबाट रकम लिएर निवेदन लेखनलगाएतमासहयोग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया