उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

धनगढी, मंसिर १७ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ । जसले गर्दा अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ भने तराईका एकदुई स्थानमा हल्का हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाका अनुसार आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया