२ जेठ, धनगढी : काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाले डडेल्धुराको उग्रतारा मन्दिरबाट चोरी भएको मुकुट लगायतका सामग्रीहरुको छानविन गर्न माग गरेकी छन् ।
डा. राणाले सुदुरपश्चिमको धार्मिक स्थल उग्रतारा मन्दिरमा मुकुट लगायतका सामग्री चोरी भएको घटना निन्दनीय भएको बताउदै बैशाख ३० गतेको यो घटनामा संलग्न अझै कानुनी दायरामा नल्याएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
धार्मिक सम्पदाको जगेर्नाका लागि स्थानीय प्रहरी–प्रशासन कार्यालय तथा जिल्लावासीलाई सचेत रहन आग्रह गर्दै चोरीमा संलग्नव्यक्तिहरु पत्ता लगाइ कडा कारबाही हुनु पर्ने समेत डा. राणाले बताईन ।