इसेवा केयर हेल्थ केयर प्याकेज लिएका इसेवा एजेन्टरप्रयोग कर्ताले स्वस्तिक अस्पतालमा छुट पाउने

२९ साउन, धनगढी  :  इसेवा केयर हेल्थ केयर प्याकेज लिएका इसेवा एजेन्ट/प्रयोग कर्ताले धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल) मा उपचार गराउँदा छुट पाउने भएका छन् ।

मिति २०८० साल श्रावण २३ गते देखि अस्पतालले दिने उपचार सेवामा छुट दिने गरी सम्झौता भए सँगै उक्त सेवा प्रदान गरिने भएको हो ।

सम्झौता सँगै मङ्गलवारबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले इसेवा केयर हेल्थ केयर प्याकेज लिएका इसेवा एजेन्ट/प्रयोग कर्ताले जुनसुकै प्रकारको अपरेसनमा १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स–रे, ईसिजी, युएसजी, इको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट सेवा प्रदान गरिने अस्पतालका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गर्दै सञ्चालक समिति सदस्य प्रफुल पन्तले जानकारी दिए ।

यस्तै, सेवा लिनको लागी इसेवा केयर हेल्थ केयर प्याकेज लिएका इसेवा एजेन्ट/प्रयोग कर्ताले प्याकेज लिएको पिडिएफ फाइल देखाई बिरामी स्वयम अस्पतालमा उपस्थित हुनु पर्ने प्रावधान रहेको छ ।

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो(तातो (एसी) जडित संरचनाबाट सेवाहरू प्रदान गरिँदै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा सँगै विभिन्न प्रकारका सुविधा सम्पन्न क्याबिनको व्यवस्था गर्दै मानव स्वास्थ्यमा आउने हरेक समस्याको निदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया