इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीए कलेजको सम्मान

८  असार, धनगढी  :  इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका– ५ गेटाका पारस साउँदलाई धनगढीको एसपीए कलेजले कदरपत्रसहित सम्मान गरेको छ ।

शुक्रबार क्याम्पस प्रमुख योगराज उपाध्यायले इलेक्ट्रिक बाइक निर्माण गर्दै हजारौं युवाहरुका लागि प्रेरणा बनेको भन्दै पारसलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

यसैवर्ष एसईई दिएका पारसको प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने समेत घोषणा गरेको छ । साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । आफ्नो प्रतिभालाई चिन्दै कलेजले गरेको सम्मानप्रति पारसले आभार व्यक्त गरे। साथै आफ्नो भविष्यका प्रोजेक्टहरुमा एसपीएबाट सहयोग पाउने भएपछि अन्त्यन्तै खुशी भएको बताए ।

पारसले घरमै डेढ महिनाको अवधिमा झण्डै एक लाख रुपैयाँको लागतमा उक्त मोटरसाइकल निर्माण गरेका हुन । उनले बनाएको बाइक आरएफआईडी सिस्टमयुक्त छ । जसका कारण बाइक स्टार्ट गर्न चाभीसँगै एक विशेष कार्डको पनि आवश्यकता पर्छ । जसकारण बाइक चोरिने सम्भावना हुँदैन । बाइकमा रिभर्स सिस्टम (पछाडि पनि चलाउन मिल्ने) उक्त बाईक ६० किलोमिटरको गतीमा चल्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया