इलाका प्रहरीका इन्चार्ज होटलमा मृत भेटिए

९ साउन, काठमाडौं  :  बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन ।

बडिगाड गाउँपालिका –६ स्थित आशा होटलको तल्लो तलामा पौडेल मृत फेला परेको बागलुङ प्रहरीले जनाएको छ ।

घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटल सञ्चालकले १ बजेतिर वडाध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया