१३ बैशाख, धनगढी : आफैले पढाउने विद्यार्थी (युवती) लाई अश्लील सामग्री पठाउने धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले भट्टविरुद्ध बाल यौन दुव्र्यवहार शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताए ।
एसपीए कलेजमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन विषय पढाउने शिक्षक भट्टले अनलाइनमार्फत आफैले पढाउने छात्रालाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि एसपीए कलेजले जागिरबाट निकालेको छ ।
भट्टमाथि क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।