धनगढी, २० पुस/आदर्श बचत तथा ऋण सहकारीको ११ औं साधारण सभा शनिबार भएको छ । नेपाल शिक्षक संघ कैलालीद्वारा सञ्चालित सहकारीको साधारण सभा गौरिगंगाका नगर उप–प्रमुख भोजबहादुर बमको प्रमुख आथित्यतामा भएको हो ।
समारोहलाई सम्बोधन गर्दै बमले सहकारी एक अर्काबीचको सहकार्यात्मक अवधारणा भएको बताए । सहकारीमा समुदायका व्यक्ति संगठित भई सदस्यको हित प्रवद्र्धन गर्ने कार्य गरिने र शिक्षक संघ कैलालीले पनि सोही अवधारणा अनुसार काम गरिरहेको पाउँदा खुसी लागेको बताए। यसले शिक्षक संघका साथीहरूबीच आत्मियता बढाउने र अप्ठ्यारोमा पर्दा आर्थिक सहयोगमा टेवासमेत र्पुयाउने विश्वास व्यक्त गरे ।
नबराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पदमबहादुर खड्का, सचिव नेत्रबहादुर खडायत, शिक्षक संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष लक्ष्मणदत्त भट्ट, नेपाल ट्रेड युनियन कांग्रेसका सुदूरपश्चिम अध्यक्ष ज्ञानेन्द्रबहादुर शाह, शिक्षक महासंघ कैलालीका पूर्वअध्यक्ष भीमबहादुर बलायर, शिक्षक संघ सुदूरपश्चिम प्रदेश सदस्य केशवराज ओझा र शिक्षक संघका धनगढी नगर अध्यक्ष मोहन भण्डारीले धारणा राखेका थिए ।