१९ बैशाख, धनगढी : नेपाल सरकारले आज सार्वजनिक विदा दिएकोले आज सेयर बजार बन्द हुने भएको छ ।
सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ ।
यसअघि मंगलबार बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।