आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

१२असोज,धनगढीः आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।
मुटु रोगी छौ या हामी कस्ता छौ भनेर चिन्न आवश्यक हुन्छ ,र समयमै उपचार गर्ने परी पाटी होस भनेर यो दिवस मनाउने गरेको सेती प्रदेशीक अस्पतालमा कार्यरत मुटु रोग विशेषयज्ञ डाक्टर विपलभ कार्कीले बताउनु भयो ।
मुटु रोग लाग्नुका बिभिन्न कारण हुने र कतपिय जन्मजात हुने भएकाले समयमै ख्याल राख्नु पर्ने डाक्टर कार्की बताउनु हुन्छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर कार्कीले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया