आज प्रतिनिधि सभाको बैठक बस्दै

१५ बैशाख, काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । शुक्रवार दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ ।

शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत समितिमा रहने प्रतिनिधि सभाका सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रमुख राजनीतिक दलहरूबीच समितिको नेतृत्वको सम्बन्धमा भागबण्डा मिलेपछि प्रतिनिधिसभा बैठकबाट सदस्यहरू मनोनयन गरिँदैछ ।

तपाईको प्रतिक्रिया