२३ चैत्र, काठमाडौं: नेपाली बजारमा आज (शुक्रबार) सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल महासंघले जनाएको छ ।