आज एड्स दिवस, नेपालमा संक्रमण घट्दैछ कि बढ्दै ?

काठमाडौँ, मंसिर १६ । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७औँ विश्व एड्स दिवस मनाइँदैछ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी आज यो दिवस मनाउन लागिएको हो ।

केन्द्रका निर्देशक डा‍। सर्वेश शर्माका अनुसार नेपालमा एचआईभी संक्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो ।

सन् २०१० यता विश्वमा एचआईभी संक्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या आधाले घटेको छ ।

अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआईभी संक्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया