आजदेखी तेस्रो हार्डवेयर एक्सपो २०८० शुरु

१०असोज,धनगढीः ब्यापार व्यवसाय प्रबद्र्धन गरी प्रयोगकर्तालाई गुणस्तरीय निर्माण सामाग्री छनौट गर्न सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हार्डवेयर एक्सपो आजदेखि शुरु भएको छ । उत्पादक–व्यापारी–प्रयोगकर्ताबीच त्रिपक्षीय अन्तरक्रियाको माध्यमबाट हार्डवेयरल एक्स्पोले व्यवसाय प्रबद्र्धन गर्ने बताइएको छ ।
एक्स्पो अवलोकन गर्न आउने नागरिकलाई निर्माण सामग्रीबारे विज्ञमार्फत् जानकारी दिइने आयोजक कैलाली हार्डवेयर व्यवसायी संघले जनाएको छ।
एक्स्पोमा निर्माण तथा हार्डवेयर सामग्रीसँग सम्बन्धित करिब ५५ वटा स्टल निर्माण गरिएको छ । हार्डवेयर तथा निर्माण सामग्री उत्पादक कम्पनीहरुले स्टलहरु बुकिङ्ग गरी स्टलमा निर्माण सामाग्री र सोको विषयमा जानकारीहरु राखिसकेका छन् । अवलोकनकर्ताले निर्माण तथा हार्डवेयरसँग सम्बन्धित सम्पूर्णसामग्री एउटै छानामुनि अवलोकन गरेर ती सामग्रीबारे जानकारी लिन पाउने कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुबेर बहादुर शाहीले बताउनु भयो । एक्स्पो असोज १४ गतेसम्म सौराइ स्क्वायरमा सञ्चालन हुने छ।

 

तपाईको प्रतिक्रिया