आजको मौसम : तराई र उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौँ, मंसिर २६ । देशका पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया