आजको मौसम : अधिकांश स्थानको मौसम सफा, तराई भेगमा हुस्सु

धनगढी, मंसिर २० । आज देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको देखिएको छ ।

सामान्यतया आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया