काठमाडौं, असोज १३ । हवाई टिकट आगामी तीन दिन पुरानै मूल्यमा पाइने भएको छ।
वायुसेवा सञ्चालक संघको बैठकले असोज १४ देखि १६ गतेसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गरेको छ।
दशैं नजिकिएसँगै विमान वायुसेवा कम्पनीहरूले अधिकतम मूल्यमा टिकट बिक्री गर्दै आएका थिए। पछिल्लो दुई दिनको झरीपछि आएको बाढीपहिरोले सडक अवरुद्ध पारेपछि हवाई यात्रा गर्नेको संख्या बढेको छ।
यससँगै संघले सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्यान्डिङ र पार्किङ लगायतको शुल्कमा छुट गर्न आग्रह गरेको छ।
सरकारले छूट दिएमा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने संघका अध्यक्ष मनोज कार्कीले जनाएका छन्।