आईपीएल १४ मार्चदेखि, एकैपटक तोकियो चार प्रतियोगिताको मिति

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण १४ मार्चदेखि सुरु हुने भएको छ ।

आईपीएलले शुक्रबार १८औँ संस्करणको आईपीएल सन् २०२५ को १४ मार्चदेखि सुरु हुने जानकारी दिएको हो ।

फाइनल खेल २५ मेमा हुनेछ । यस्तै, सन् २०२६ मा आईपीएल १५ मार्चदेखि ३१ मेसम्म हुनेछ । यसैगरी, सन् २०२७ को आईपीएल १४ मार्चदेखि ३० मेसम्म हुनेछ ।

आईपीएलको १८औँ संस्करणका लागि साउदी अरेबियामा मेगा अक्सन आइतबार र सोमबार हुँदैछ ।

तपाईको प्रतिक्रिया