९असोज,धनगढीः युनिस्को प्राविधिक सहयोग अन्तरिक्क्ष प्रतिष्ठानको सहयोग र धनगढी नमुना माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालन भएको सात दिने विज्ञान तालीम सोमबार समापन गरीएको छ । उक्त तालिममा धनगढी उपमहानगरपालिका भित्रका ९ वटा विद्यालयको सहभगिता रहेको थियो । प्रत्येक विद्यालयबाट ७÷८ जना गरी जम्मा ९१ जना कक्षा ६ देखी १२ सम्मका विद्यार्थीको समावेशीता रहेको थियो । विज्ञान विषय पढाउने शिक्षक हरेक विद्यालयका प्रधानाध्यापक र विद्यार्थीको जम्मा ९ ओटा समुह बनाएर तालीम दिईएको धनगढी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण दत्त भट्टले बताउनु भयो । “विद्यार्थीले कक्षाकोठामा मात्रै सिमित भई पढेर मात्रै नपुग्ने भएकाले यसरी प्रयोगशालामा लगेर अभ्यास गराउदा विद्यर्थीको सिकाई फराकिलो हुन्छ ।”विज्ञानको खोज र विद्यार्थीहरुलाई अनुसन्धानमा आर्कषित गर्ने उदेश्यले उक्त तालीमको आयोजना गरेको प्रधानाध्यापक भट्टले बताउनु भयो ।
सात दिनको तालीम आफ्नो लागी फाईदाजनक रहेको र विज्ञान सम्बन्धी विभिन्न सीप सिकेको तालीममा सहभागी विद्यार्थी हरुको भनाई रहेको छ । धनगढीका केही विद्यालय नमुना रहेको र अबको दिनमा सबै विद्यालयलाई नमुना बनाउने धनगढी उपमहानगरपालीकाकी उप प्रमुख कन्दकला रानाले बताउनु भएको छ ।